३० जेठ २०८३, शनिबार

रेखा जोशीको तीज गीत सार्वजनिक

साउन ३२, २०८०
काठमाडौं
रेखा जोशीको तीज गीत सार्वजनिक

गायिका रेखा जोशीको तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँगको सहकार्यमा उनले ‘मेरो लागि मर्ने केटो’बोलको गीत ल्याएकी हुन् । ​

बिहीवार बेलुका सार्वजनिक गीतमा रेखा र भागिरथको स्वर छ । भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद बाजुरालीले गरेका हुन् । 

भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन छ । गायक भागिरथ स्वयंम भिडियोमा देखिएका छन्, साथमा छिन् मोडल करिश्मा ढकाल । 

गायिका रेखालाई पनि भिडियोमा देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको यस गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीत माया प्रेमको विषयमा आधारित छ ।

salt training

कमेन्ट गर्नुहोस्