×

NMB BANK
NIC ASIA

गणेशदेव भन्छन् – अब ‘पारी बुटवल’ र ‘मोःमो मोसाज’मध्ये एउटा फिल्म बनाउँछु

काठमाडाैं | भदौ ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लेखन एवं निर्देशक गणेशदेव पाण्डेले दुईवटा फिल्म निर्माणको सोच अगाडि बढाएका छन् । आफूले सोचिरहेका फिल्महरू अलग–अलग जनराको रहेको उनले जानकारी दिए । ‘लेखेर राखेका स्क्रिप्टहरू धेरै छन् । तर, अबको लागि ‘पारी बुटवल’ र  ‘मोःमो मोसाज’गरी दुईवटा फिल्म दिमागमा छन्’ गणेशदेव भन्छन् ‘त्यसमा पनि सुरुमा चाहिँ ‘मोमो मोसाज’ बनाउने सोच आइरहेको छ ।’ 

Muktinath Bank

यी दुईवटै फिल्मको स्क्रिप्ट तयार गरिसकेका छन् । ‘जसमध्ये ‘पारी बुटवल’ ग्याङस्टर फिल्म हो । यो अलि ठूलो बजेटको हुनेछ । बुटवल मै सेट लगाएर छायांकन हुनेछ’ गणेशदेवले भने, ‘त्यहाँ मैले मेरो समयमा देखेका लोकल ग्याङहरूको कथामा यो फिल्म बनाउने सोच बनाएको हुँ । समाजले पिछडिएको क्षेत्र वा दबिएका मानिसलाई अपहेलित तरिकाले हेर्छ । त्यहाँबाट गुण्डा जन्माउने कथामा फिल्म बन्नेछ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मोःमो मोसाज’ भने रिभेन्ज स्टोरी हो । रिभेन्ज लिन हिँडेको मान्छे प्रेमले कसरी बदलिन्छ भन्ने कथामा फिल्म निर्माण हुने गणेशदेवले जानकारी दिए । ठेलामा मोमो बेच्ने युवक र मोसाज सेन्टरमा काम गर्ने युवतीको कथा यसमा हुने उनले बताए । 


Advertisment
Nabil box
Kumari

गणेशदेव फिल्म बनाउने कुरा व्यक्तिको उक्त समय र परिस्थितिको सोचले फरक पारिदिने बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘कुनै बेला कुन फिल्म बनाउन मन लागिरहेको हुन्छ । केही समयपछि उक्त फिल्ममा त्यति रस नहुन सक्छ’ उनी भन्छन् ‘अहिलेको समयमा मलाई दुई फिल्महरू सोचमा आइरहेका छन् । त्यो सोच पछि बद्लिन पनि सक्छ । फिल्म निर्माणका लागि फेरि राइट टिम हुनुपर्छ । सोच मिल्नुपर्यो ।’ 

गणेशदेवको लेखन एवं निर्देशन रहेको फिल्म ‘जुलेबी’ गत शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । काठमाडौंको रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा, तुफान थापा लगायतको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x