०८ असार २०८३, सोमबार

लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा गैरे

असार ७, २०८३
काठमाडौं
लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा गैरे

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् ।

एसोसिएसनको १३औँ वार्षिक साधारणसभा तथा शनिबार सम्पन्न अधिवेशनबाट गैरेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू र तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी चयन भए ।

त्यसैगरी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा हिममाया कार्की र सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भए । एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापाले राससलाई उक्त जानकारी दिए ।

यस्तै सदस्यहरूमा विष्णुप्रसाद सापकोटा, नवीन क्षेत्री पौडेल, ओमप्रकाश शिवाकोटी, शेरबहादुर कर्माचार्य, विक्रम खतिवडा, उर्मिला लामा, युवराज खतिवडा, राजेश मैनाली, पुण्यकुमार श्रेष्ठ र मिलन पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्