११ साउन २०८३, सोमबार

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश– १८ हजार ६८२ मुद्दामा न्याय सम्पादन गरें

भदौ ४, २०८०
काठमाडौं
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश– १८ हजार ६८२ मुद्दामा न्याय सम्पादन गरें

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्लाबाट सर्वोच्चसम्म आइपुग्दा १८ हजार ६ सय ८२ मुद्दामा न्याय सम्पादन गरेको बताएका छन् । 

संसदीय सुनुवाइ विशेष समितिमा सोमवार आफ्नो भाबी योजना राख्ने क्रममा श्रेष्ठले देवानी प्रकृतिको मुद्दामा आफ्नो रुची र विज्ञता रहेको बताएका हुन् । 

संसद् सचिवालय सिंहदरवारमा जारी सुनुवाइमा श्रेष्ठले प्रधानन्यायाधीश नियुक्त भएमा गर्ने काम र योजना सुनाइरहेका छन् । प्रस्तावित प्रधानन्यायाधीशले शुरूमा आफ्नो योजना सुनाइसकेपछि सांसदहरूले प्रश्न गर्ने र पछि पुनः जवाफ दिने सुनुवाइका प्रक्रिया हुन्छ ।

संवैधानिक परिषद्ले श्रेष्ठलाई साउन १८ गते प्रधानन्यायाधीश बनाउन सिफारिश गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेमा श्रेष्ठलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

२०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका श्रैष्ठ जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । २०७३ साल १७ देखि उनी सर्वोच्च अदालको न्यायाधीश बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्