
युट्युबमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । तर, राम्रो भ्युज पाउने गीतहरू भने एकदमै सीमित छन् ।
यसवर्ष सार्वजनिकमध्ये एउटा तीज गीत युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।
एक महिनाअघि सार्वजनिक ‘कमाउने नी हो, रमाउने नी हो’ गीतलाई युट्युबमा एक करोड प्लस भ्युज मिलेको हो । यसमा खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेमकै संगीत, विनोद बाजुरालीको एरेन्ज छ ।
भिडियोमा गायक प्रकाश सपूतको नृत्य एवं अभिनय छ । उनीसँगै प्रस्तुत छिन् मोडल जुना विश्वकर्मा ।
शंकर बिसीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतिको छायांकन, मनोज कार्कीको सम्पादन छ ।
शम्भु कुवँरको प्रस्तुति रहेको गीतले जीवनमा दुःख, सुख जे भए पनि रमाउन जान्नुपर्छ भन्ने भाव बोकेको छ ।