१० असार २०८३, बुधबार

वेब सिरिज ‘ब्रह्माण्ड’को निर्माण, तीन भाषामा टिजर सार्वजनिक

भदौ ५, २०८०
काठमाडौं
वेब सिरिज ‘ब्रह्माण्ड’को निर्माण, तीन भाषामा टिजर सार्वजनिक

कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ । 

टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ । 

ओटिटी प्लेटफर्मको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निर्माण पक्षले जनाएको छ । एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिलेसम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा समेत हुन थालेको छ । 

आठ भागमा निर्माण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एक एक घण्टाको हुने छ । रियाज नाटककार यसका लेखक एवं निर्देशक हुन् भने सागरराज आचार्य निर्माता हुन् । एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिभ प्रोड्यूसर हुन् ।

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनील थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ । सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन् । 

सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ । 

यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलर सिरिजको टिजर सार्वजनिक गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्