११ साउन २०८३, सोमबार

तीज विशेष कार्यक्रमका लागि विदेशतिर गायक–गायिका

भदौ ७, २०८०
काठमाडौं
तीज विशेष कार्यक्रमका लागि विदेशतिर गायक–गायिका

तीज आउन करिब १ महिना बाँकी छ । कलाकारलाई भने तीज विशेष साङ्गीतिक कार्यक्रमले छोइसकेको छ । विशेषगरी लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरु तीज विशेष कार्यक्रममा व्यस्त बन्न थालिसकेका छन् । तीज गीतमा चलेका गायक–गायिकाहरु विदेशका कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका छन् । 

गायक पशुपति शर्मा तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया पुगिसकेका छन् । उनी तीजपश्चात मात्रै नेपाल फर्किनेछन् । 

गायिका शान्तिश्री परियार पनि तीज विशेष कार्यक्रमको शिलशिलामा झण्डै एक महिना विदेशमा रहने छिन् ।  अस्ट्रेलियाका विभिन्न सहरमा एक दर्जन बढी कार्यक्रममा पुगेर शान्तिश्रीले त्यहाँ रहेका नेपाली​ दिदीबहिनी नचाउने छिन् । 

गायक खुमन अधिकारी भारतको दिल्ली पुगेर तीज विशेष कार्यक्रममा प्रस्तुति दिएर फर्किसकेका छन् । लगत्तै उनी तीज विशेष कार्यक्रमको लागि अन्य देशमा जाने तयारीमा छन् । गायक खेम सेञ्चुरी तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया पुग्दैछन् । 

गायक प्रकाश सपूत साङ्गीतिक कार्यक्रमको शिलशिलामा लण्डन पुगेका छन् । गायिका सुनिता दुलाल तीज विशेष कार्यक्रमका लागि डेनमार्क जाँदैछिन् । मञ्जु पौडेल, कला लम्साल लगायतका गायक पनि तीजमा विदेशका कार्यक्रममा व्यस्त हुँदै छन् । स्वदेशमा पनि तीज विशेष कार्यक्रमहरू सुरु भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्