×

NMB BANK
NIC ASIA

यस्तो रह्यो फिल्म ‘जय हो’को प्रिमियर [तस्वीरहरू]

काठमाडाैं | भदौ ७, २०८०

NTC
Premier Steels

शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जय हो’को प्रिमियर गरिएको छ । बुधवार बेलुका गरिएको प्रिमियरमा थुप्रै सेलिब्रेटी एवं संचारकर्मीको उपस्थिति रह्यो । 

Muktinath Bank

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्वाज, अभिनेता सलिनमान बनियाँ, अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, गायिका देवीका बन्दना, गायक यम बराल लगायतका सेलिब्रेटी न्यूरोडस्थित रञ्जना हल पुगेर फिल्म हेरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म हेरेपछि मिडियासँग कुराकानी गर्दै सेलिब्रेटीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांश पाहुना सेलिब्रेटीले क्लाइमेक्सको प्रशंसा गरेका छन् ।


Advertisment
Nabil box
Kumari

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । कमेडी फिल्म मात्रै नभइ सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै उनले सलोनको प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पूजा शर्माले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘दान्भी’को छायांकन छोडेर फिल्म हेर्न आएकोमा आफूलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो । 

Vianet communication

यस्तै, अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले मन जितेको उनले बताए । साथै सिनेमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए । 

यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई फिल्मका सबै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आँखालाई शीतलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियाँले पनि फिल्म मन परेको बताए । अभिनेता  सलोन बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि फिल्मको प्रिमियर कार्यक्रममा पुगेका थिए ।

आफू फिल्म हेर्न मात्रै नभइ सलोनलाई सपोर्ट गर्न पनि लामो समयपछि प्रिमियर कार्यक्रममा पुगेको बताए । ‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्म बक्सअफिसमा सफल हुने आशामा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको  प्रेम पाण्डे  कुमार थिङको पनि अभिनय रहेको छ । 

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x