२७ असार २०८३, शनिबार

अभिनेता सारुकको अन्तिम काम ‘माया’ सार्वजनिक

भदौ ७, २०८०
काठमाडौं
अभिनेता सारुकको अन्तिम काम ‘माया’ सार्वजनिक

गत असारमा आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर म्युजिक भिडियो निर्माण गरिएको छ । 

बिहीवार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको दृश्य समेटिएको ‘माया’ बोलको गीत सार्वजनिक गरिएको छ । 

भिडियोमा सारुकका साथमा निकिता आचार्य फिचर्ड छिन् ।

राम अविरल विष्टको शब्द रहेको गीतमा एसडी योगीको संगीत र स्वर छ ।

यो गीत सुरुवातमा फिल्मका लागि तयार गरिएपनि सारुकको निधनपछि म्युजिक भिडियोका रुपमा सार्वजनिक गरिएको हो । निर्देशक राजीव गुरुङका अनुसार सारुकको अन्तिम कामलाई दर्शकमाझ ल्याउन फिल्मभित्रका दृश्यलाई समेटेर म्युजिक भिडियो तयार पारिएको हो । 

‘ह्यासट्याग माया’को छायाँकन नसकिँदै सारुक मृत भेटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्