२७ जेठ २०८३, बुधबार
सामाखुशीको स्ल्याब भत्किएपछि...

बेघरबार बनेका कलाकार बैरागी: बालेनले स्ल्याब भत्काउँदा चर्कियो, बाढी पसेर भत्कायो [भिडियो]

भदौ ८, २०८०
काठमाडौं

काठमाडौं महानगरले सामाखुशीको खोला उत्खनन् गर्दा कलाकार यादव बैरागी बेघरबार बनेका छन् ।

साउन १९ गते सामाखुशीको खोलामाथि बनाइएको अनधिकृत 'स्ल्याब' भत्काउने क्रममा कलाकार बैरागीको घर थर्किएर चिरा परेको थियो । लगत्तै आएको बाढी पस्दा उनको घर भत्किएको हो ।

null

२०४० सालदेखि कलाकारिता क्षेत्रमा लागेका बैरागीले केही नेपाली चलचित्रमा अभिनय समेत गरेका छन् । एउटा हात नभए पनि उनी कलाकारिता क्षेत्रमा लागिपरेका थिए ।

‘१ आना (जग्गा)मा बनेको घर थियो । मेरा सामान पनि बगायो,’ बैरागीले भने, ‘सामान हराएकोमा चिन्ता थिएन, कमाएका सम्मान बगाउँदा चिन्तित बनेको छु ।’

null

सामाखुशीमा खोलामाथि बिच्छ्याइएको स्ल्याब भत्काइएपछि स्थानीयले आवतजावतमा समस्या भएको बताएका छन् ।

बालेन्द्र साह नेतृत्वको काठमाडौं महानगरले पुरिएका खोला उत्खनन् गर्ने क्रममा सामाखुशी खोलामाथिको स्ल्याब भत्काएको थियो ।​

हेर्नुहोस्, भिडियो :

हेर्नुहोस्, थप तस्वीर :

null

null

 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्