२५ असार २०८३, बिहीबार

‘महाजात्रा’मा हरिवंशदेखि विपिनसम्मको अभिनय रहने, फिल्म चैतमा रिलिज हुने

भदौ ९, २०८०
काठमाडौं
‘महाजात्रा’मा हरिवंशदेखि विपिनसम्मको अभिनय रहने, फिल्म चैतमा रिलिज हुने

प्रदीप भट्टराईको निर्देशन रहने आगामी फिल्म ‘महाजात्रा’मा हरिवंश आचार्यदेखि  विपिन कार्कीसम्मको अभिनय रहने भएको छ । 

निर्माण टिमले शनिवार पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । निर्माण घोषणासँगै फिल्मको स्टारकास्ट र प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउने छ ।

फिल्ममा ‘जात्रा’ सिरिजकै चार कलाकारहरू विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत पुनः दोहोरिने भएका छन् । साथै, फिल्ममा वरिष्ठ अभिनेता हरिवंश आचार्यको पनि अभिनय रहने भएको छ । यो हरिवंश र विपिनको पहिलो सहकार्य हुनेछ ।

एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा ट्रक पैसाको बिटोले भरिएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल छन् ।

फिल्मको कार्यकारी निर्माता भने रवीन्द्र सिंह बानियाँ हुन् ।

salt training

कमेन्ट गर्नुहोस्