२५ असार २०८३, बिहीबार

फरक सामानको बिजक पेस गरी भित्र्याइएको अवैध सामान भैरहवा भन्सारबाट बरामद

भदौ ९, २०८०
काठमाडौं
फरक सामानको बिजक पेस गरी भित्र्याइएको अवैध सामान भैरहवा भन्सारबाट बरामद

लुम्बिनी– भैरहवा भन्सारबाट फरक सामानको बिजक पेस गरी अवैध सामान भित्र्याउँदै गर्दा भन्सार कार्यालयले बरामद गरेको छ । 

प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परिमाणमा कागजातभन्दा फरक कपडा, काजु, किसमिसलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दिएको छ । 

भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए । 

ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिई जाँच सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराइए पनि ती व्यावसायिक फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब रु दुई करोड बराबरको रहेको अनुमान गरिएको छ । –रासस
 

salt training

कमेन्ट गर्नुहोस्