
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेशी तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी मुद्दामा आइतवार अन्तिम सुनुवाइ दाबी गरिएको छ ।
पाँचौं नम्बरमा पेशी तोकिएको छ। यसअघि पटक पटक पेशी चढे पनि यो मुद्दामा अन्तिम सुनुवाइ हुन सकेको छैन ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।