१२ साउन २०८३, मंगलबार

थाना भर्‍याङ क्षेत्रमा भेटियो पुरुषको शव

साउन १०, २०८३
हेटौंडा
थाना भर्‍याङ क्षेत्रमा भेटियो पुरुषको शव

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थाना भर्‍याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिए ।

मृतक नजिकैको होटलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्