१२ साउन २०८३, मंगलबार

मोरङ प्रशासनले लगायो डीजे प्रयोगमा प्रतिबन्ध

साउन १२, २०८३
विराटनगर
मोरङ प्रशासनले लगायो डीजे प्रयोगमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कार्यक्रमहरूमा डीजे बजाउन निषेध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि मोरङ जिल्लाभर कुनै पनि स्थानमा डीजेको प्रयोग नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।

प्रशासनको निर्देशनविपरीत कसैले डीजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्