×

NIC ASIA

प्रयोगविहीन उपकरण, मर्कामा बिरामी

सरकारी अस्पतालको बेहाल: बहाना बनाएर थन्किए स्वास्थ्य उपकरण, कतै जानीजानी बिगार्छन्

काठमाडाैं | भदौ १९, २०८०

Prabhu Bank
NTC
Premier Steels

कोशी प्रदेशको मोरङ जिल्लास्थित रंगेली अस्पतालमा कुल १३३ थान स्वास्थ्य उपकरण रहे पनि ६९ थान मात्र सञ्चालनमा छन् । १५ थान उपकरण बिग्रिएका छन् भने ४७ थान सञ्चालन गर्न योग्य भए पनि प्रयोगमा आउन सकेका छैनन् । बाँकी २ थानको अभिलेख नै भेटिन्न ।

Muktinath Bank

सोही प्रदेशको संखुवासभा अस्पतालमा रहेका २४३ थान उपकरणमध्ये १५७ थान मात्र सञ्चालनमा छन् । ८ थान उपकरण बिग्रिएका छन् भने १० थान उपकरण प्रयोगमा छैनन् । २१ थान उपकरणको हिसाब नै छैन भने ४७ थान उपकरण मौज्दातमा भए पनि जडान नगरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी प्रदेशकै मेची अस्पतालमा रहेको कुल ४७९ थान उपकरणमध्ये ३५१ थान उपकरण सञ्चालनमा छन् । ३६ थान उपकरण बिग्रिएका छन्, ६९ थान उपकरण सम्बन्धित बिरामी नआउँदा थन्किएका छन् भने २३ थान उपकरणको कुनै हिसाब छैन ।


Advertisment
Nabil box
Kumari

मधेश प्रदेशको पोखरिया अस्पतालमा रहेका १०७ थान स्वास्थ्य उपकरणमध्ये ७७ थान सञ्चालनमा छन् भने १३ थान बिग्रिएका छन् ।

Vianet communication

११ थान उपकरण मौज्दातमा भए पनि हालसम्म जडान भएको छैन । २ थान उपकरण प्रयोगमा छैनन् भने ४ थान उपकरणको कुनै अभिलेख नै छैन ।

मधेश प्रदेशकै रौतहट जिल्ला अस्पतालमा रहेका कुल १४८ थान उपकरण मध्ये १२१ थान सञ्चालनमा छन् । १० थान बिग्रिएका छन्, १५ थान प्रयोग गर्न सकिएको छैन भने ७ थान उपकरणको अभिलेख भेटिन्न ।

बागमती प्रदेशको नुवाकोट अस्पतालमा रहेका ३५२ थान उपकरणमध्ये २८६ थान मात्र सञ्चालनमा छन् । ६ थान उपकरण बिग्रिएका छन् भने ४४ थान उपकरण उपभोक्ता नै नहुँदा प्रयोगविहीन भएर थन्किएका छन् ।

१६ थान उपकरणको अभिलेख नै छैन
बागमती प्रदेशकै जिरी अस्पतालमा रहेका १४५ थान उपकरणमध्ये ८१ थान मात्र सञ्चालनमा छन् । १५ थान उपकरणहरू बिग्रिएका छन्, ४४ थान उपकरणको उपभोक्ता नै छैनन् भने १६ थान उपकरणको हिसाब-किताब छैन ।

गण्डकी प्रदेशको बन्दीपुर अस्पतालमा रहेका ८७ थान उपकरणमध्ये ६५ थान उपकरण सञ्चालनमा छन् भने ७ थान बिग्रिएका छन् । ६ थान प्रयोगमै ल्याइएको छैन भने ९ थान उपकरणको अभिलेख छैन ।

गण्डकी प्रदेशकै तनहुँ अस्पतालमा रहेका कुल २११ थान उपकरणमध्ये १०८ थान उपकरण मात्र सञ्चालनमा छन् । १३ थान उपकरण बिग्रिएका छन्, ७८ थान उपकरण प्रयोगमै ल्याइएको छैन ।  ९ थान उपकरणको हिसाब किताब छैन भने ३ थान उपकरण जडान नै गरिएको छैन ।

लुम्बिनी प्रदेशको गुल्मी अस्पतालमा रहेका १८० थान उपकरणमध्ये १२१ थान उपकरण मात्र सञ्चालनमा छन् । १९ थान बिग्रिएका छन् भने २५ थान उपभोक्ता नहुँदा प्रयोगमै आउन सकेका छैनन् । १५ थान उपकरणको हिसाबकिताब नै गायब छ ।

सोही प्रदेशको प्युठान अस्पतालमा रहेका १५५ थान उपकरणमध्ये ११९ थान मात्र सञ्चालनमा छन् भने २५ थान बिग्रिएका छन् । ५ थान उपकरणको उपयोग भएको छैन भने ६ थानको अभिलेख नै गायब छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको बैतडी अस्पतालमा १७१ वटा स्वास्थ्य उपकरण रहेकोमा १५८ थान सञ्चालनमा छन् । ४ थान बिग्रिएका, ५ थान उपयोगमा आउन नसकेका तथा ४ थान जडान नै नभएको अवस्थामा छन् ।

सुदूरपश्चिम प्रदेशकै बाजुरा अस्पतालमा रहेका १५१ थान उपकरणमध्ये १३१ थान सञ्चालनमा छन् भने ४ थान बिग्रिएका छन् । 

३ थान जडान नै गरिएका छैनन्, ८ थान उपकरणको उपयोग भएको छैन भने ५ थान उपकरणको अभिलेख गायब छ । गत वर्ष स्वास्थ्य सेवा विभागले विभिन्न प्रदेशका स्थानीय तथा जिल्ला अस्पतालमा अनुगमन गर्दा पाइएको अवस्था हो यो ।
विभागले केही अस्पतालमा अनुगमन गर्दा स्वास्थ्य उपकरणको अवस्थाबारे यस्तो स्थिति देखा परेको हो । 

देशभरका सबै सरकारी अस्पतालमा विभिन्न बिरामीको उपचारका लागि स्वास्थ्य उपकरण भए पनि धेरैजसो उपकरण सञ्चालनमै छैनन् ।

एक्स-रे मशिन, ल्याब मशिन, आईसीयू मशिन, ईसीजी, इको, अल्ट्रा साउन्ड मशिन, सिटी स्क्यान मशिन, भेन्टिलेटरदेखि अन्य विभिन्न उपकरणहरू सरकारी अस्पतालमा राज्यले उपलब्ध गराए पनि विभिन्न बहानामा सञ्चालनमा नहुँदा बिरामीहरूलाई मर्का पर्ने गरेको छ । 

स्वास्थ्य सेवा विभागको पूर्वाधार शाखाकी बायोमेडिकल इन्जिनीयर सञ्जिता शर्मा भने बजेट र जनशक्ति अभावमा धेरैजसो अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरणहरू सञ्चालनमा नरहेको बताउँछिन् ।

'कतै उपकरण भए पनि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने टेक्निसियन छैनन्,' शर्माले लोकान्तरसँग भनिन्, 'कतै बजेट अभावमा बिग्रिएका उपकरण मर्मत गर्न सकिएको छैन । कतै उपकरण जडान गर्न आवश्यक कक्ष नै नरहेको हामीले अनुगमनमा पायौं ।'

'खास गरेर बायोमेडिकल इन्जिनीयर तथा बायोमेडिकल टेक्निसियनजस्तो दरबन्दी नहुँदा दक्ष जनशक्तिको अभावमा पनि धेरैजसो अस्पतालमा उपकरण  प्रयोगमा ल्याउन सकिएको छैन,' उनले थपिन् ।

विभिन्न सरकारी अस्पतालले स्वास्थ्य सेवा विभागलाई दिएको जवाफमा पनि तिनै कारणहरू उल्लेख गरेको पाइएको छ ।संखुवासभा अस्पतालले विभागलाई पठाएको प्रतिवेदनमा अस्पतालको स्तरोन्नति भए पनि उपकरणका लागि आवश्यक ठाउँ अभाव रहेका कारण धेरैजसो उपकरण सञ्चालनमा आउन नसकेको उल्लेख छ । 

अस्पतालका विभिन्न सेवा विभिन्न भवनमा सञ्चालन भइरहेको तथा अस्पतालको भवन निर्माणको काम अघि बढेको हुनाले ठाउँ अभावमा उपकरणहरू सञ्चालनमा आउन नसकेको अस्पतालको जिकिर छ ।

त्यसैगरी दार्चुला अस्पतालले प्रादेशिक बायोमेडिकल वर्कशपबाट बिग्रिएका उपकरण मर्मत गराउन सहयोग प्राप्त नहुँदा सञ्चालनमा आउन नसकेको उल्लेख गरेको छ ।

ठाउँ अभावका कारण उपकरणहरू सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । अन्य भवन निर्माण भइरहेको हुनाले सबै सेवा सोही नयाँ भवनमा सञ्चालन गर्ने भन्दै उक्त अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभाग जवाफ पठाएको छ ।

त्यसैगरी गोकुलेश्वर अस्पतालले बायोमेडिकल जनशक्ति नभएको, धेरै उपकरण बिग्रिएको भए पनि मर्मतका लागि बजेट नभएको, अक्सिजन प्लान्ट हालसम्म जडान हुन नसकेको भनेर विभागलाई रिपोर्ट गरेको छ ।

ओखलढुंगा अस्पतालले पनि मर्मत सम्भारका लागि बजेट र जनशक्ति दुवै अभाव भएको, स्पेयर पार्ट्स काठमाडौंबाट मगाउनु पर्ने हुँदा कठिनाइ भएको, भएकै उपकरण सञ्चालन गर्न पनि तालिम आवश्यक रहेको व्यहोरासहितको रिपोर्ट विभागलाई गरेको छ ।

बैतडी अस्पतालले कम्प्युटर रेडियोग्राफी मशिन आवश्यक रहेको, अक्सिजन कन्सेन्ट्रेटर उल्लेख्य संख्यामा भए पनि अक्सिजन प्लान्टको अभावमा प्रयोगमा आउन नसकेको विवरणसहित विभागलाई रिपोर्ट गरेको छ ।

रामेछाप अस्पतालले जनशक्ति र स्थान अभावमा नयाँ उपकरणहरू जडान गर्न नसकिएको रिपोर्ट गरेको छ । हेटौंडा अस्पतालले पनि पुरानो उपकरणलाई विस्थापित गर्न समस्या भएको, बायो मेडिकल इन्जिनीयर नरहेको उल्लेख गरेको छ । 
सोलुखुम्बु आस्पतालले पनि उपकरण मर्मत हुन नसकेर सञ्चालनमा ल्याउन नसकिएको उल्लेख गरेको छ । भेन्टिलेटर सञ्चालनका लागि तालिम आवश्यक रहेको, बजेट र जनशक्ति अभावमा बिग्रिएका उपकरण मर्मत गर्न नसकिएको भन्दै उक्त अस्पतालले विभागलाई रिपोर्ट गरेको छ ।

सरकारी अस्पतालले भएकै उपकरणहरू विभिन्न बहानामा सञ्चालनमा नल्याउँदा बिरामीहरू उपचार पाउनबाट बञ्चित हुने गरेका छन् ।

कतिपय अवस्थामा मर्मतको कमिसनका लागि जानीजानी उपकरण बिगार्ने गरेको आरोप समेत लाग्ने गरेको छ । 'मशिन सञ्चालन गर्न नियुक्त भएका कर्मचारीले मशिन बिग्रिँदा काम गर्न नपर्ने, बिरामीलाई बाहिर निजी अस्पतालमा पठाउँदा मोटो कमिसन पाउने भएकाले बदनियत राखेर जानाजान मशिन बिगार्ने गरेको पनि पाइयो,' विभागमा कार्यरत एक कर्मचारीले लोकान्तरसँग भने ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक दीपेन्द्ररमण सिंह भने उक्त समस्या समाधान गर्न दैनिक अनुगमन नै गर्नुपर्ने बताउँछन् ।

'जसरी अस्पतालमा चिकित्सकले बिरामीको उपचार गर्न दिनहुँ राउन्ड लगाउँछन्, त्यसैगरी कुन मशिन कस्तो अवस्थामा छ, प्राविधिक जनशक्तिसहित डाक्टरको टोलीले दिनहुँ राउन्ड लगाएर अनुगमन गर्नुपर्छ,' सिंहले लोकान्तरसँग भने ।

उपकरण भए पनि जडान नगर्ने, जडान भएका पनि बिग्रिने/बिगार्ने गरेका कारण बिरामीहरू महंगो शुल्क तिरेर निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन बाध्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x