
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकटको व्यवस्था गरेको छ ।
६४ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले आजदेखि अनलाइन टिकटको व्यवस्था गरेको हो ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले छिटो छरितो सेवा प्रवाहका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । “नवनिर्मित भवनबाट स्वास्थ्य सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।” उनले भने ।
सम्बोधनका क्रममा उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए । “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआर कोडमार्फत भुक्तानी र दश शय्या एनआईसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ” उनले भने ।