०८ साउन २०८३, शुक्रबार

दयाहाङ राई र विपिन कार्की आमनेसामने

भदौ २१, २०८०
काठमाडौं
दयाहाङ राई र विपिन कार्की आमनेसामने

अहिलेका दुई हिट अभिनेता दयाहाङ राई र विपिन कार्कीबीच बक्स अफिसमा भिडन्त हुने भएको छ । 

दर्शकले रुचाएका यी अभिनेताका फिल्म एकैदिनबाट प्रदर्शनमा आउने भएका हुन् । 

दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ र विपिनको मुख्य भूमिका रहेको फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछन् । 

अभिनयको बलले दर्शकको मन जितेका दुवै अभिनेताका फिल्मलाई प्रतीक्षित रुपमा हेरिएको छ । 

दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’मा दयाहाङसँगै मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको अभिनय छ । राजनीतिक पृष्ठभूमिमा केन्द्रित रहेर निर्माण गरिएको फिल्मले खराब नेता चुन्ने जनतामाथि प्रश्न गर्ने निर्माण पक्षले जनाएको छ । 

त्यस्तै, झरना थापाको निर्देशन रहेको ‘एक भगवत् गीता’मा विपिनसँगै सुहाना थापा, धिरज मगर, जेभिस र जेभिन श्रेष्ठ, कबीर खड्का, संजोग रसाईली लगायतको अभिनय छ । यो फिल्म सामाजिक–सांस्कृतिक कथामा निर्माण भएको हो । लैंगिक अल्पसंख्यक (किन्नर समुदाय)को कथा फिल्मले उठान गरेको छ ।

यसमा विपिनले निर्वाह गरेको कमलामाईको चरित्र अहिले चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्