
चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत् बेदना पोखेकी छिन् । गएराति फेसबुकमा लामो भावुक स्टाटस राख्दै थापाले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको गुनासो गरेकी हुन् ।
चलचित्र एक भागवत गीता विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन ।
केही धार्मिक सङ्घसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि अहिले बोर्डले यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तैयारीमा रहेको चलचित्र ‘एक भागवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ ।
सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा पीडा भइरहेको उल्लेख गरेकी छन् ।
मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु,' उनले लेखेकी छन्, 'आफ्ना सारा स्रोत सम्पति, सपना र ऐलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ । सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ? मैले मेरो फैसला मेरो भगवानको हातमा छोडिदिएको छु प्रिय दर्शक !'