चलचित्र 'एक भगवत् गीता'को नाम परिवर्तन हुने भएको छ ।
फरक कथावस्तुको चलचित्रमा 'भगवत् गीता' नाम राख्दा धार्मिक भावनामा चोट पुग्ने भन्दै विवाद भएपछि नाम परिवर्तन हुने भएको हो ।
यस विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी समेत परेको थियो । उजुरीपछि चलचित्रको सेन्सर पास हुन सकेको थिएन ।
बोर्डमा आइतवार भएको छलफलमा चलचित्रको नाम 'एक भागवत र एक गीता' राख्ने सहमति भएको हो ।
त्यसलाई थप प्रस्ट्याउन नामसँगै (सामाजिक कथा) भन्ने शब्दावली पनि राखिने भएको छ ।
झरना निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगर लगायतको भूमिका छ ।