०७ असार २०८३, आइतबार

यो मितिमा आउने भयो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ः द रू​ल’

भदौ २५, २०८०
काठमाडौं
यो मितिमा आउने भयो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ः द रू​ल’

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा २ः द रू​ल’को प्रदर्शन मिति घोषणा गरिएको छ । 

निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

यो फिल्म सन् २०२४ अगस्ट १५ अर्थात् २०८१ साल साउन ३१ गतेदेखि प्रदर्शनमा आउनेछ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शनमा आउने भएको हो । 

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ सुपरहिट भएको थियो । फिल्मले नेपालमा समेत राम्रो कमाइ गरेको थियो । 

सुकुमार बान्द्रेडीको कथा एवं निर्देशन रहेको फिल्म ‘पुष्पा २’मा अल्लु अर्जुन र रश्मिका मन्दनाका साथमा फहद फासिल, धनुंजय, राव रमेश, सुनील, अनसूया भारद्वाज लगायतको अभिनय छ । 

नेपालमा समेत यो फिल्म प्रतीक्षित मानिएको छ । 

कमेन्ट गर्नुहोस्