
निर्माता एवं अभिनेता दीपकराज गिरी, निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला, निर्माता एवं अभिनेता निर्मल शर्मा लगायतले निर्माण गरेको फिल्म हल भोलिबाट सञ्चालनमा आउँदैछ ।
शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ प्रदर्शन गर्दै हल सञ्चालनमा ल्याइने दीपकराजले जानकारी दिए ।
काठमाडौंको नयाँ वानेश्वर चोकबाट नजिकै निर्माण भएको हल यतिबेला सिँगारिएर झकिझकाउ बनाइएको छ ।
नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन ‘आईएनआई’ले हललाई व्यवस्थापन गरेको हो । ‘आइएनआई सिनेमा हल’मा भोलिबाट नेपालीसँगै ‘जवान’ लगायतका विदेशी फिल्म पनि दर्शकले हेर्न पाउने दीपकराजले बताए ।
दुईवटा स्क्रिन रहेको हल निर्माणका लागि करिब १० करोड लागत लागेको बताइएको छ ।
हल वानेश्वरदेखि शङ्खमूल जाने बाटोको बायाँपट्टी पर्छ ।