×

NMB BANK
NIC ASIA

शिक्षकले गर्नै नहुने १२ गल्ती

काठमाडाैं | भदौ २९, २०८०

NTC
Premier Steels

विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने गरी आचरण सुधार्न विधेयकको मस्यौदा प्रस्ताव गरेको छ ।

Muktinath Bank

मस्यौदामा समयपालनदेखि बिदा समाप्त भएको १५ दिनभित्र हाजिर नभए कडा कारबाही गर्नेसम्मको सजाय सिफारिस गरेको छ । विधेयकको दफा ७१ देखि ८८ सम्म सजाय र कारबाहीको बुँदा समावेश गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समय पालना नियमितता, अनुशासन र आदेशको पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी तथा निर्देशन पालना गर्नुपर्ने र प्रअले विद्यालय व्यवस्थापन समितिको निर्देशन पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले राजनीतिक क्रियाकलाप गर्न नहुने, तीनै तहबीचको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँग सम्बन्ध खलल पर्न सक्ने गरी वा जनताबीचको आपसी सम्बन्धमा प्रतिकूल असर पर्ने गरी बेनामी लेख प्रकाशन र प्रशारण गर्न नहुने गरी आचरण व्यवस्था गरेको छ ।


Advertisment
Nabil box
Kumari

दफा ७५ मा दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने उल्लेख छ । विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने प्रस्ताव भएको छ । कम्पनी स्थापना वा सञ्चालन तथा व्यापार व्यवसाय सञ्चालन गर्न, अन्यत्र नोकरी वा सेवा गर्न नहुने उल्लेख छ । आर्थिक लाभवा सुविधा प्राप्त गर्ने गरी सल्लाहकार वा विशेषज्ञ हुन नहुने व्यवस्था प्रस्ताव भएको छ ।

Vianet communication

प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध तथा बहुविवाह, यौनजन्य दुव्र्यवहार, विद्यार्थीमाथि यातना दिन नहुने उल्लेख छ ।

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकले स्थायी अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन दिन नहुने प्रस्ताव भएको छ । त्यस्तै, शिक्षकले हरेक वर्ष स्थानीय निकायलाई सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ । शिक्षकले स्थानीय तहमा बुझाएको सम्पत्ति विवरण स्थानीय तहले राष्ट्रिय किताबखाना (शिक्षक) मा पठाउनुपर्ने व्यवस्था छ । नेपाल समाचारपत्रमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x