
बैतडीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीका लागि छुटेको सु प प्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपककुमार रायले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार बस सडकबाट करिब ६०/७० मिटर तल पुगेको छ ।
घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाइएको उनले बताए ।
थप विवरण आउन बाँकी छ ।