पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
पछिल्लो समय नेपाली फिल्ममा राजनीतिक विषयले राम्रै प्रवेश पाउन थालेका छन् । अस्ती भर्खरै प्रदर्शनमा आएको ‘ऐंचो पैंचो’ होस् वा चाहे त्योभन्दा अलि अघि प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’, नै किन नहोस्, यी फिल्ममा दर्शकले समसामयिक राजनीतिक कथा हेर्न पाएका थिए ।
अहिले फेरि राजनीतिलाई केन्द्रमा राखेर बनेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ ।
यस फिल्मको कथा सरल र सहज छ । जसको उद्घाटन सरकारी विद्यालयबाट हुन्छ ।
गाउँको त्यो सरकारी विद्यालय, जहाँ राजनीतिक हस्तक्षेप छ । आफूले भनेको व्यक्तिलाई शिक्षकमा नियुक्ति नगरिदिँदा गाउँपालिका अध्यक्ष जरी (शिशिर वाङ्देल)ले शिक्षक एवं कर्मचारीको तलव नै रोक्का गरिदिएका छन् ।
सो विद्यालयमा एक इमान्दार शिक्षक छन् पासाङ (दयाहाङ राई) । विद्यार्थीदेखि गाउँलेसम्म सबैमाझ राम्रो छवि बनाएका उनी जरीले ‘भनेको भरमा’ शिक्षक नियुक्ति हुनुनहुने कुरामा अडान राख्छन् ।
यता आफूले भनेको नहुँदा जरीका कार्यकर्ताहरूले विद्यालयमा ताला लगाउँछन् । विद्यार्थीको पढाइ प्रभावित बन्न पुग्छ ।
जरीको अराजकता विद्यालयमा मात्र होइन्, सिंगो गाउँमा नै छ ।
गाउँपालिकामा निःशुल्क आएको औषधि जरीले नै बिक्री गर्दै आएका छन् । आफ्नो घरनजिकको बाटो पक्की गरेका छन् । गाउँमा अन्य थुप्रै जिर्ण सडक छन्, जहाँ सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको छ ।
ठीक यही माहोलमा यस्तो परिस्थिति आइपुग्छ कि, आफ्नो विद्यालयलाई सुधार्न पहल गर्दा इमान्दार शिक्षक पासाङलाई सिङ्गो गाउँको तर्फबाट चुनाव लड्नुपर्ने अवस्था आउँछ ।
भ्रष्ट जरीले नै आगामी चुनावमा गाउँपालिका अध्यक्षमा उठेर जित्न पासाङलाई चुनौती दिएका छन् ।
जरी पराजित भए गाउँबाट भ्रष्टाचार निर्मुल हुने र गाउँको विकास हुने निष्कर्षका साथ पासाङ चुनावी मैदानमा उत्रिने निर्णयमा पुग्छन् ।
आफ्ना विद्यार्थी, अभिभावक र गाउँलेको भोटका आधारमा आफूले चु्नाव जित्न सक्ने सम्भावना देख्छन् । श्रीमती निमा (मिरुना मगर) र नजिकका गाउँले (बुद्धि तामाङ र रवीन्द्र झा आदि))ले पनि पासाङलाई चुनावमा उठ्न प्रोत्साहन दिएका हुन्छन् । अन्ततः चुनावमा उठने निर्णयमा पुग्छन् पासाङ । त्यसपछि के हुन्छ ? विद्यालय सुधार गर्ने, गाउँ विकासको सपना देखेर चुनावमा होमिएका इमानदार शिक्षकको आगामी यात्रा कति सहज होला ? त्यो त फिल्म हेरेपछि मात्र थाहा हुन्छ । यो चाहिँ भन्न सकिन्छ, पासाङकै कथावस्तु वरपर रहेर फिल्मले २ घण्टा २८ मिनेट फन्को मार्छ ।
फिल्ममा पासाङ र उनकी श्रीमती निमाबीचको प्रेममय नोकझोँक पनि छ । चुनावकै लागि शहरबाट गाउँ पुगेका शंकर (कर्मा) र रविना (साम्राज्ञी राज्यलक्ष्मी शाह)को प्रेमकथासमेत कथामा समावेश छ । राजनीतिक दाउपेच, आरोप–प्रत्यारोपको विषय प्रशस्तै छन् फिल्ममा गाउँलेको मनोविज्ञानको कुरा पनि समावेश छ । यसले मनोरञ्जनसँगै दर्शकमा सन्देश प्रवाह गर्न सफल छ ।
चुनावमा खराब नेतालाई जिताएर पठाउँदा कस्तो असर पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेकाे छ ।
नेतामात्र होइन, खराब नेता चुन्ने मतदाता पनि गलत हुन् भन्ने सन्देश फिल्ममा देखाइएको छ । लेखक एवं निर्देशक दीपेन्द्र लामाले यस फिल्ममार्फत खराब नेता चुन्ने जनतामाथि प्रश्न गरेका छन् ।
फिल्ममा दयाहाङ राई आफ्नो भूमिकामा स्वभाविक छन् । भूमिका अलि छोटो भएपनि मिरुनाको उपस्थितिले दर्शकलाई बाँधिराख्छ । शिशिर वाङ्देलसँगै उनको छोराको भूमिकामा देखिएका अंकित खड्काले उत्तिकै राम्रो अभिनय गरेका छन् । कर्मा र साम्राज्ञीको जोडी पनि सुहाउँदो छ । बुद्धि तामाङ, रवीन्द्र झाको भूमिका अलि छोटो भएपनि नमिठो चाहिँ छैन । मुख्य पात्र र सहायक पात्रको उपस्थितिलाई फिल्ममा राम्रोसँग उनिएको छ । समग्रमा सबै पात्र दृश्यमा सहज छन् ।
दर्शक हँसाउने चक्करमा नाटकीय हाउभाउ, असुहाउँदो हुलिया, भद्दा संवाद निर्माण यसमा गरिएको छैन । काभ्रेपलाञ्चोकमा छायाँकन गरिएको फिल्ममा आलोक शुक्लाको फ्रेमिङ औसत लाग्छ । यसमा दुईवटा गीत छन्, दुवै कथासँग सुहाउँदा छन् ।
फिल्मभित्र केही कमीकमजोरी छन् । जसमध्ये मुख्य कमजोरी फिल्म लम्बेतान लाग्छ । काँटछाँट गर्ने थुप्रै ठाउँमा कँैची चलेको भए फिल्म अझ स्तरीय बन्न सक्थ्यो ।
हामीकहाँ फिल्ममा राजनीतिक विषय समावेश गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ ।
ठूलो क्यानभास नदेखिनु र मास अलि थोरै देखिनु पनि यस फिल्मको कमजोरी हो । मुख्य पात्र पासाङको चरित्र चित्रण पनि अलि बढी आदर्शवादी लाग्छ । फिल्मको अन्तिमतिर मुख्य पात्रको संवाद र दृश्य नाटकीय लाग्छ ।
फिल्मलाई कमेडी पनि भनिएपनि त्यो प्रयाप्त छैन । आगामी फिल्ममा कमेडी मसलालाई बढाउनुपर्ने चुनौती निर्देशक लामामा देखिन्छ । केही कमीकमजोरीका बाबजुद समग्रमा भन्नुपर्दा सन्देशमूलक र मनोरञ्जनात्मक फिल्म बनेको छ, ‘नाङ्गो गाउँ’ ।
वास्तविकताभन्दा कल्पनाको रंगीन संसारमा पुर्याउने फिल्मका दर्शकलाई ‘नाङ्गो गाउँ’ रुचिकर नहुन सक्छ । तर, ग्रामीण परिवेशमा भनिएका सामाजिक फिल्म हेर्न रुचि लाग्ने दर्शकलाई भने ‘नाङ्गो गाउँ’ योग्य हुन सक्ने विश्लेषण गरिएको छ ।
फिल्मः नाङ्गो गाउँ
विधाः राजनीतिक–सामाजिक–कमेडी
कलाकारहरूः दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, अंकित खड्का आदि
लेखक: निर्देशनः दीपेन्द्र लामा ।
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...