असोज ५, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
“सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली,
तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली,
नी बरीलैै लेउ लेउ भाउजू गुलेली”
तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गरेकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्किइन् ।
“माइती दिदीबहिनी भेट भएको बेलामा मलाई यो गीतले पुरानै बाल्य अवस्थामा फर्कायो”, आमाले माइती गाउँमा तीजको मेलामा यही गीतमा नाच्ने गरेको स्मरण गर्दै उनले भनिन्, “यस्ता गीतले मलाई दिवङ्गत आमाको यादले झस्काउँछ । अब ती दिन फर्केर त आउँदैन तर माइती गाउँकै दिदी, बहिनी, भाउजू भेट हुँदा भने पुरानो यादले यो मन फेरि माइतीगाउँतिर लैजान्छ । ”
गाउँका माइतीहरू पनि गाउँ छाडेर सहर पसेको बताउने अधिकारी फेरि एकपटक पुरानै माइती गाउँमा गएर तीजमा कम्मर मर्काउने धोको रहेको बताउँछिन् ।
रत्ननगरको टाँडी माइतीमा तीज मनाउँदै गरेकी राधिका अधिकारी तीजको स्मरण गर्दै भन्छिन्, “तीजको दिन छुट्टै रौनक हुन्थ्यो, राति दर खाएपछि दिनभर पानी पनि नखाई व्रत बसिन्थ्यो ।” उमेरले ६० वसन्त नाघेकी उनले जवानीमा चेलीबेटी जम्मा भई दिनभर नाचगान गर्दा भोक र थकाइको महसुस नहुने गरेको बताइन् । माइतीको आँगनीमा बसेर गाइने तीजका गीतले चेलीको वेदना प्रस्तुत गर्ने भन्दै उनले एक टुक्का गाइन्,
“बाबाले दिएको शिरै लाउने शिरफुल सुन्तला घारीमा खस्यो बरीलै,
घर जाऊ छोरी भन्नुहुन्छ बाबाले माइतमै दिल बस्यो बरिलै”
उमेरले ८४ वर्ष लागेकी भरतपुर–११ की लीलादेवी दवाडी आजकाल तीज आएकै थाहा पाउँदिनन् । पहिले पहिले उमेर छँदा तीज आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै घरका गाईवस्तुलाई घाँसको व्यवस्था गरी घरको कामलाई छोट्याएर तीजका दिन माइत जाने गरेको उनले बताइन् । उनले भनिन्, “ऊ बेलामा आजकाल जस्तो कसैलाई फुर्सद हुन्थेन । ढिकी, जाँतो र घरको काम गरेर दिन जान्थ्यो, तीज आउनुभन्दा पहिला रातभर नसुती माइत जानका लागि काम सक्नुपथ्र्यो ।”
नवलपुरको गैँडाकोट घर भएर भरतपुर माइत आएकी सम्झना अघिकारीले तीजमा हजुरआमाले पकाएको दरको याद गरिन् । उनले भनिन्, “सानोमा तीजको दर खाँदा असाध्यै रमाइलो लाग्थ्यो । दर खाने रात हजुरआमा नसुती दर पकाउनुहुथ्यो । अनि हामीलाई राति दर खान उठाउनुहुन्थ्यो, हामी खुसी भएर दर खान्थेम ।”
घरका सबै जना राति उठेर हजुरआमाले पकाएको दर खाएको हिजो जस्तो लागेको तर हजुरआमा बितेको २० वर्ष पुगेछ भन्दै उनी एकछिन भक्कानिइन् । पहिले तीजको बेलामा आमाहरूले गाउने एउटा गीतको स्मरण गर्दै उनले गाइन्,
“फररर फरर चौतारीको बरको पात,
को सँग भनौँ मैले यो मनको बात,
बाबासँग भनौँ भने बाबा बूढो हुनुभो,
आमासँग भनौँ भने पहिल्यै रुनुभो ।”
पहिल–पहिले चेलीको वेदना तथा विभिन्न घटनालाई कथेर तीजका गीतहरू गाइने गरिने तर आजकाल त्यस्ता गीतको मौलिकता हराउँदै गएकोे उनलाई लागेको छ ।
नाच्न गाउन भने त्यति नजान्ने बताउने उनले तीजका मेलामा गाइने एउटा टुक्का भने यसरी सम्झिइन्,
“कोदो छरेँ मकै छरेँ धान छरेको छैन बरिलै,
सौतामाथि दियौ बाबा मन परेको छैन बरिलै”
तीजका अवसरमा महिलाहरू कर्मघरबाट माइतीघर आउने र मीठो मसिनो खाई माइतीसँग भलाकुसारी गर्ने गर्दछन् । परापूर्वकालदेखि मनाइँदै आएको तीज विशेषगरी महिलाहरूका लागि वर्षको एक दिन खुल्ला वातारणमा रम्ने पर्वका रूपमा लिइन्छ । जन्म घर छोडेर कर्र्मघरमा जीवन बिताउँदा माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा तीज पर्वलाई लिन सकिन्छ ।
तीज अपरिचित ठाउँको वर्षभरिको जिम्मेवारी, तनाव र जन्मघर र बालासखीप्रतिको सम्झनालाई पुनर्ताजगी गर्ने अवसर दवाडीको अनुभव छ । पछिल्लोे समयमा तीजका नाममा गाइने भड्किला गीत र महिनौँदेखि दरखाने चलन बढ्दै जाँदा मौलिक परम्परा मासिने चिन्ता भने पक्कै भएको उउनको भनाइ छ । रासस
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबा...
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...