भदौ २६, २०८०
गायक प्रकाश सपुतले ‘जाले रुमाल फाट्यो’को ‘इन्डिङ’मा समावेश भद्दा (अपाच्य) संवाद हटाएका छन् । गीत सकिएपछि प्रकाश र स्वस्तिमा खड्काले बोलेका दुई वटा संवाद भिडियोबाट हटाइएको हो ।&nb...
यसवर्ष केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए । तीजको दिन (सोमवार)सम्म आउँदा करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र रहे । जसमध्ये खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नी हो, रमाउने नी हो’ले १ करोड ६५ लाख हाराहारी भ्युज पाएको छ ।
शान्तिश्री परियारको स्वर रहेको ‘अरेली काँडैले...’ले १ करोड ५० लाख हाराहारी भ्युज पाएको छ । यी दुवै गीत एकै व्यक्तिले सिर्जना गरेका हुन् । ति भाग्यमानी सर्जक हुन् नेत्र अर्याल ।
गीतकार अर्यालले ‘अरेली काँडैले...’ चल्नेमा आफू पहिल्यैदेखि ढुक्क रहेको स्मरण गर्छन् ।
‘यो गीत चल्छ भन्ने नै थियो । चल्नेमध्येको एउटा भनेर बसेको थिएँ’ उनले भने । बरु ‘कमाउने नी हो, रमाउने नी हो’ आफूले सोचेको भन्दा धेरै चलेको अर्यालले बताए ।
‘यो असारको अन्तिममा आएको थियो । एकदमै हतारमा लेखेको गीत थियो’ उनले भने, ‘यद्यपि, अलि फरक भएकाले राम्रो हुन पनि सक्छ भन्ने चाहिँ थियो । राम्रो भयो ।’
गतवर्ष तीजमा नेत्रले लेखेको ‘खोली तारी देउन माझी दाई’ चलेको थियो । शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा संगीत खेम सेञ्चुरीको थियो । यसपटक पनि नेत्रको शब्द, खेमको संगीत र शान्तिश्रीको स्वरमा ‘अरेली काँडैले...’आएको हो ।
गीतकार अर्यालले लोकान्तरसँग भने, ‘गतवर्ष हामीहरूको सहकार्य राम्रो भएको थियो । यसवर्ष पनि राम्रो बनाउने भनेर सोही अनुसारको मेहनत गरिएको थियो । त्यसैले पनि अरेली काँडैले चल्नेमा ढुक्क थिएँ ।’
विगतमा नेत्रले लेखेका थुप्रै तीज गीत चर्चित भएका छन् । जसमध्ये ‘सोँचेझै जिन्दगी रैनछ’ उनको सर्वाधिक चर्चित तीज गीत हो । उनले लेखेका ‘रमरम मरौटी’, ‘धनगढीको बसमा’, ‘सुर्ती माड्दै माड्दै’ लगायतका थुप्रै लोकदोहोरी गीत चर्चित छन् ।
गायक प्रकाश सपुतले ‘जाले रुमाल फाट्यो’को ‘इन्डिङ’मा समावेश भद्दा (अपाच्य) संवाद हटाएका छन् । गीत सकिएपछि प्रकाश र स्वस्तिमा खड्काले बोलेका दुई वटा संवाद भिडियोबाट हटाइएको हो ।&nb...
चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ । तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् । व...
पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समीक्षा अधिकारीको आवाजमा चर्चित पुरानो गीत ‘शिर सजाउने फूल’को फिमेल भर्सन सार्वजनिक गरिएको छ । सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस...
साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आए...
‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस् प्रा.लीले गीत–संगीतका विभिन्न विधाला...
नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...