असोज ३, २०८०
मन परेको फूल टिपी लायौ म त काँडा बेलैमा पन्छायौं, बधाई तिमीलाई राजकुमार बगरको शब्द एवं संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक ‘बधाई तिमीलाई’ बोलको गीतमा गा...
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र (म्युजिक भिडियो) मंगलवार सार्वजनिक गरिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा सो म्युजिक भिडियो विमोचन गरे । गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाले ओतप्रोत सो कृतिमा सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ ।
नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ८० वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को छायाचित्रमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि लेखेको गीतलाई नै अहिले म्युजिक भिडियोमा उतारिएको हो ।
उनका शब्दलाई शोभन सायजुले छायाचित्र र युवा सङ्गीतकार राजेन्द्र बजगाईँले लय दिएका छन् । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिनेश सुनामले सङ्गीत संयोजन गरेको गीतमा सुभाष तिमिल्सिना, गीता पाण्डेलगायतको स्वर छन् ।
सो अवसरमा उपरथी श्रेष्ठले सेनाले संवैधानिक दायित्व, विकास निर्माण, शान्ति सेना, पर्यावरण, विपत्का समयमा उद्धार, खोजी र राहतका क्षेत्रमा धेरै योगदान दिँदै आएको जनाउँदै जनतामा सेनाको त्यो योगदान पुग्न नसकेको महसुस गरी आफूले गीत सिर्जना गरेको जानकारी दिए ।
‘सेना भनेको दौडने र कवाज खेल्नेमात्र होइन, राज्यको अखण्डता जोगाउने मूल खम्बा हो,’ शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख श्रेष्ठले भने, ‘वीर पुर्खाको योगदान र बलिदानबारे नागरिकको बुझाइमा एकरुपता नदेखिएको विषयले मलाई झक्झक्याएपछि गीत र छायाचित्रमार्फत तिनको योगदान उजागर गर्न प्रयत्न गरेको हुँ ।’
उपप्राध्यापक हेम भण्डारीले सो गीतमा लुकेको सैनिकको योगदान र राष्ट्रिय भावनासम्बन्धी विभिन्न पाटो र पक्षको समालोचना गर्दै सेनाले शान्ति सेनामा रही बुद्धको सन्देश विश्वभर फैलाएको तथा मुलुकको स्वाधीनताको रक्षाका साथै विकासनिर्माण, पर्यावरण संरक्षण, हिमाल सफाइ र खेलकुदका माध्यमबाट मान र सम्मान बढाउने काम गरेको उदाहरण दिए ।
म्युजिक भिडिायो निर्माता सायजुले राष्ट्रिय एकताका प्रतीक सेनाको बलिदानी र कर्तव्यपरायणतालगायत विषयवस्तुलाई गीत र छायाचित्रमा समावेश गरिएको जनाए । सो अवसरमा कृतिमा स्वर र सङ्गीत दिने कलाकारलाई प्रधानसेनापति शर्माले प्रशंसापत्र प्रदान गरेका थिए ।
मन परेको फूल टिपी लायौ म त काँडा बेलैमा पन्छायौं, बधाई तिमीलाई राजकुमार बगरको शब्द एवं संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक ‘बधाई तिमीलाई’ बोलको गीतमा गा...
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्...
अभिनेत्री उषा रजकले निर्देशक एवं अभिनेता अनुप बरालमाथि आरोप लगाएकी छन् । शुक्रवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले बरालको ‘एक्टर्स स्टुडियो’लाई दूषित ठाउँका रुपमा उल्लेख गरेकी छन् ।&nb...
नेपाल सैनिक श्रीमती संघको आयोजनामा हुने ‘वरदान सुर–सन्ध्या’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लबमा शुक्रवार हुने विशे...
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् । विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन्...
नेपाली चलचित्रका अभिनेता गौरव पहारी र उनकी प्रेमिका श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले बुधवार काठमाडौंको होटेल र्याडिसनमा परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका ह...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...