×

NMB BANK
NIC ASIA

नाङ्गो गाउँलाई दर्शकको साथ

'नाङ्गो गाउँ'– ६ कारणले हलसम्म पुगे दर्शक

काठमाडाैं | असोज ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले शुरूदेखि नै दर्शकको बढी साथ पाइरहेको छ । 

Muktinath Bank

फिल्मले शुरूआती २ दिनमा १ करोड ६० लाख रुपैयाँ 'ग्रस कलेक्सन' गरेको रिपोर्ट निर्माण टीमले सार्वजनिक गरेको थियो, जसलाई वैशाखमा प्रदर्शनमा आएको ‘जारी’यताकै राम्रो ‘ओपनिङ’ मान्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हल सञ्चालकहरू पनि यस फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफलता पाएको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

फिल्मले सुखद् ‘ओपनिङ’ गर्नु र दर्शकको साथ पाउनुमा केही कारणहरू छन्, जसलाई मुख्य ६ बुँदामा विश्लेषण गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

 १. दयाहाङ राई र मिरुना मगरको जोडी 

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी हुनुलाई फिल्मले सुखद् ओपनिङ गर्नुको पहिलो कारण मानिएको छ ।

यसअघि ‘कबड्डी ४’ र ‘जारी’ गरी दुईवटा फिल्ममा 'स्क्रिन' शेयर गरेका उनीहरूका दुवै फिल्म बक्स अफिसमा 'ब्लकबस्टर' भएका थिए । 

फिल्म हिट भएसँगै दयाहाङ र मिरुनाको जोडी पनि दर्शकमाझ प्रिय बनेको थियो । त्यसपछि उनीहरूले ‘नाङ्गो गाउँ’मा जोडी बनेर अभिनय गरेका थिए ।

यो फिल्मले शुरूआती चरणमा दर्शकलाई हलसम्म तान्नमा दयाहाङ र मिरुनाको जोडीको भूमिका प्रमुख रहेको पाइन्छ ।

null

२. तीजको अवसर पारेर रिलिज

तीजको अवसर पारेर प्रदर्शनमा आउनुलाई पनि फिल्मले सुखद् ओपनिङ गर्नुको अर्को कारण मान्न सकिन्छ । 

प्रदर्शनको दोस्रो दिन शनिवार, त्यसपछि तीज र संविधान दिवसको सार्वजनिक बिदा लगायतका कारण पनि यस फिल्मलाई फाइदा पुगेको छ । 

३. निर्देशक दीपेन्द्र लामा

फिल्म समीक्षकबाट निर्देशक बनेका दीपेन्द्र लामाका एकपछि अर्का पछिल्ला फिल्म हिट भइरहेका छन् । ‘छ माया छपक्कै’ र ‘दुई नम्बरी’पछि ‘नाङ्गो गाउँ’प्रति पनि दर्शक एवं समीक्षकको अपेक्षा थियो ।

यसकारण फिल्मले सुखद् ओपनिङ गर्नुको एउटा जस निर्देशक दीपेन्द्र लामा स्वयंलाई पनि जान्छ । 

४. नकारात्मक समीक्षा नआउनु

‘नाङ्गो गाउँ’ले दर्शकबाट औसत खालको समीक्षा प्राप्त गर्‍यो । सञ्चारमाध्यममा पनि यसको समीक्षा त्यति नकारात्मक देखिएन । नकारात्मक समीक्षा नआउनुले पनि फिल्मको व्यापारमा फाइदा पुगेको अनुमान गर्न सकिन्छ । 

५. सँगै रिलिज भएको अर्को फिल्मले बलियो समीक्षा नपाउनु

गत शुक्रवार ‘नाङ्गो गाउँ’सँगै ‘एक भागवत र एक गीता’ पनि प्रदर्शनमा आएको छ । यदि, ‘एक भागवत र एक गीता’को समीक्षा राम्रो आइदिएको भए त्यसको असर ‘नाङ्गो गाउँ’को व्यापारमा पर्न सक्थ्यो । तर, ‘एक भागवत र एक गीता’को समीक्षा राम्रो आउन सकेन, जसका कारण पनि ‘नाङ्गो गाउँ’को व्यापारमा फाइदा पुगेको हल सञ्चालकहरूको विश्लेषण छ ।

यद्यपि, पछिल्ला दिनमा ‘एक भागवत र एक गीता’ले पनि दर्शकको संख्या बढाउँदै लगेको छ । तर, ‘नाङ्गो गाउँ’लाई भेट्टाउन सकेको छैन । 

६. अर्ग्यानिक कथा

स्थानीय तहको राजनीतिको विषयमा बनेको ‘नाङ्गो गाउँ’को कथा आफैंमा अर्ग्यानिक छ । यसको लोकेसन पनि अर्ग्यानिक छ । स्थानीय तहमा भइरहेको राजनीति दर्शकले फिल्ममा हुबहु हेर्न पाउँछन् ।

फिल्मले दर्शकलाई कल्पनाको रंगीन संसारमा पुर्‍याउँदैन । ‘नाङ्गो गाउँ’ दर्शकको साथ पाउनुमा यसको कथा अर्ग्यानिक हुनुलाई पनि अर्को कारण मान्न सकिन्छ ।

आगामी दुईसाता कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति तोकेका छैनन् । असोज ५ गते र असोज १२ गते कुनै पनि फिल्म रिलिज नहुँदा त्यसको फाइदा पनि ‘नाङ्गो गाउँ’ले उठाउन सक्छ ।

अर्को फिल्म ‘एक भागवत र एक गीता’लाई पनि केही हदसम्म त्यसको फाइदा मिल्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x