२४ जेठ २०८३, आइतबार
शिक्षक आन्दोलनले अस्तव्यस्त काठमाडौं

काठमाडौंको मुख्य सडक कब्जा गरेको शिक्षक आन्दोलनका हवाई दृश्य [१५ तस्वीर]

असोज ४, २०८०
काठमाडौं
काठमाडौंको मुख्य सडक कब्जा गरेको शिक्षक आन्दोलनका हवाई दृश्य [१५ तस्वीर]

नेपाल शिक्षक महासंघको आह्वानमा सरकारी शिक्षकहरूले दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।​​​

बिहीवार मध्यान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर शिक्षकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

विद्यालय शिक्षाको अधिकार स्थानीय तहबाट हटाएर केन्द्रमा ल्याउनुपर्ने लगायतका मागसहित शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरूले हिजो पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । ​

null

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिकमा विद्यालयमा पठनपाठन अवरुद्ध बनेको छ । काठमाडौं महानगरका सबै सरकारी विद्यालय बन्द भएका छन् । शिक्षक र प्रहरीबीच बानेश्वरमा ठेलमठेल भएको थियो ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूले बताएका छन् ।

सरकारसँग भएका छलफल सकारात्मक नभएपछि शिक्षकहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

शिक्षकको आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।​

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्