![‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/b.star_films_9yDPkiSlzL.jpg)
‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस् प्रा.लीले गीत–संगीतका विभिन्न विधालाई समेटेर यो अवार्डको आयोजना गरेको हो । सोमवार विभिन्न ४६ विधाका उत्कृष्ट ५ ‘नोमिनिज’ सार्वजनिक गरिएको हो ।
अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले बताए ।
‘तीन/चार दिनमा उत्कृष्ट पाँच मनोनयनको प्रमाणपत्र वितरण गर्नेछौं । त्यसको एक/दुई दिनपछि भोटिङ खुला हुनेछ’ – चौहानले भने ।
भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर सर्वोत्कृष्ट घोषणा गरिनेछ । अवार्ड वितरण कार्यक्रम भने असोजको २० देखि २५ गतेभित्रमा गर्ने तयारी आयोजकको छ ।
यो अवार्ड बि.स्टार फिल्मसको पहिलो सँस्करणको अवार्ड हो ।
यस्तो छ उत्कृष्ट ५ मनोनयन