![समीक्षा अधिकारीले गाइन् ‘शिर सजाउने फूल...’को फिमेल भर्सन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Samikshya-song_BJoB0qwxAT.jpg)
पछिल्लो समय सर्वाधिक रुचाइएकी गायिका समीक्षा अधिकारीको आवाजमा चर्चित पुरानो गीत ‘शिर सजाउने फूल’को फिमेल भर्सन सार्वजनिक गरिएको छ ।
सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस गीतलाई गायिका अधिकारीको स्वरमा ’फिमेल भर्सन’ सार्वजनिक गरेको हो ।
करिब १० वर्ष अघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो । १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो ।
कर्ण चापागाईंको शब्द रचनामा रहेको यस गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । विगतमा पनि सापकोटाकै संगीतमा गायक परियारले गीत गाएका थिए ।
गायक परियारको स्वरमा यसअघि यस गीतले युट्युबमा १८ लाख ४२ हजार हाराहारीमा भ्युज पाएको थियो । गायिका अधिकारीको स्वरमा पनि गीत लोकप्रिय हुने निर्माण पक्षको भनाइ छ ।
गीतको एरेन्ज विशम सापकोटाले गरेका हुन् । अनिल के. मानन्धरको निर्देशन रहेको भिडियोमा गायिका अधिकारी नै देखिएकी छन् ।
सगरमाथा डिजिटल्सले यसअघि झरनाको चिसो पानी, हिउँचुलीमा घाम लगायतका कालजयी गीतहरू सार्वजनिक गरिसकेको छ । नयाँ गीत पनि विगतको गीत जस्तै दर्शक तथा श्रोताले रुचाउने कम्पनीको विश्वास छ ।
भिडियो :