०८ साउन २०८३, शुक्रबार

‘परदेशी–२’लाई प्रदर्शन अनुमति

सेन्सर बोर्डका पदाधिकारीले गरे चलचित्रको प्रशंसा
असोज ९, २०८०
काठमाडौं
‘परदेशी–२’लाई प्रदर्शन अनुमति

बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो । 

प्रदर्शनको झन्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको हो । 

सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैंची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । 

मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए । 

‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरू चल्छ भनेर शुभकामना दिनुभयो ।’ 

चलचित्रको तर्फबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा सिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । 

सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए । 

चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ । 

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । 

प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्