२९ जेठ २०८३, शुक्रबार

सबै तहका अदालतमा रिक्त न्यायाधीश अबिलम्ब नियुक्ति गर्न नेपाल बारको माग

असोज १३, २०८०
काठमाडौं
सबै तहका अदालतमा रिक्त न्यायाधीश अबिलम्ब नियुक्ति गर्न नेपाल बारको माग

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त न्यायाधीश अविलम्ब नियुक्ति गर्न माग गरेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न एशोसिएशनको वार्षिक साधारण सभाले न्यायाधीश नियुक्ति गर्दा संविधान र कानूनको मर्म र भावना अनुरूप योग्य र सक्षम न्यायाधीशहरू नियुक्त गर्न न्याय परिषद्को ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । 

लामो समयसम्म पदावधि रहने गरी सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्दा एकै व्यक्ति न्यायाधीश रहने र कार्य गर्दा न्यायिक स्वच्छतामा ह्रास आई न्यायिक अराजकता वृद्धि भएको नेपाल बारले ठहर गरेको छ । सर्वोच्चमा न्यायाधीश लामो समयसम्म रहन सक्ने वर्तमान संवैधानिक व्यवस्थामा संशोधन मनासिव भएको नेपाल बारको ठहर छ । लामो समयलाई घटाई ७ वर्षसम्म कायम गर्न उपयुक्त देखिएको बारले जनाएको छ ।

यस्तै  कानून व्यवसायीका लागि सामाजिक सुरक्षासम्बन्धी प्रबन्ध गर्ने व्यवस्था गर्न अत्यावश्यक देखिएकोले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समन्वय गरी आवश्यक अध्ययनसमेत गर्ने निर्णय गरेको छ । 

यस्ता छन् नेपालका बारका निर्णय:

null

null


 

salt training

कमेन्ट गर्नुहोस्