२७ जेठ २०८३, बुधबार
दशैँ रेसिपी

भारतहुँदै विश्वभर फैलिएको गरम मसलाः शरीर न्यानो राख्ने गुण, मासुमा अनिवार्य

असोज १३, २०८०
काठमाडौं
भारतहुँदै विश्वभर फैलिएको गरम मसलाः शरीर न्यानो राख्ने गुण, मासुमा अनिवार्य

गरम मसलाबिना दशैँको मासु अनिलो लाग्छ । यसैले दशैँमा सबैले गरम मसला किन्ने गरेका हुन्छन् । गाउँ होस् या शहर दशैँमा गरम मसलाले धेरै महत्व बोकेको हुन्छ र त यो बजारमा यसको व्यापार बढेको हुन्छ । सबै गरम मसलाका आ–आफ्नै विषेशता हुन्छन् । यी सबैले स्वास्थ्यसम्बन्धी महत्व बोकेका हुन्छन् । गरम मसला थरी–थरीका हुन्छन् ।

गरम मसलाको सुगन्धले सबैको घर आगन नै मगमग बनाउँछ । गरम मसलाको अर्थ तातो मसला भन्ने लाग्छ । हुन पनि अधिकांश गरम मसलाले हाम्रो शरीरलाई न्यानो बनाउन मद्दत पुर्याउछ । गरम मसलाको उत्पत्ति उत्तरी भारतबाट भएको इतिहास छ, जहाँ अत्यधिक जाडो हुन्छ । पछिल्लो समयमा आएर कुनै न कुनै परिकारमा विश्वर यो मसला प्रयोगमा आउन थालेको छ । स्वास्थ्यमा पनि गरम मसलाको धेरै फाइदा छ ।

null 

शाकाहारी, मांसाहारी सबै परिकारमा गरम मसला प्रयोग गर्न सकिन्छ । मासुका परिकारमा त झन् गरम मसला हालिएन भने स्वाद नै खल्लो हुन्छ । चिया या खिर र मिठाइमा समेत गरम मसला प्रयोग हुन्छ । गरम मसला भारतमा अत्यधिक उत्पादन हुन्छ र विश्व बजारमा पुग्छ । हरेक गरम मसलाको आ–आफ्नै दर–भाउ र सुगन्ध रहन्छ । सबै परिकारमा एकै खालको गरम मसला हाल्न पनि मिल्दैन र मात्रा पनि फरक–फरक रहन्छ । 

खसीको मासुको कबाबमा धेरै गरम मसला प्रयोग हुन्छ भने कुखुराको करीमा केही कम मात्रामा यसको प्रयोग गरिन्छ । कुनै परिकारमा गरम मसलाको पाउडर हालिन्छ भने कुनै मा सिंगै हाल्नु पर्ने हुन्छ । भेज या ननभेज कुनै पनि बिर्यानी बनाउँदा अधिकांश गरम मसला हाल्नु पर्ने हुन्छ । अझ मटन बिर्यानी बनाउदा त झनै अतिरिक्त गरम मसला प्रयोग हुन्छ ।

null 

तन्दुरी चिकन होस् या सेकुवा बनाउँदा थोरै मात्रामा भए पनि गरम मसला हालेन भने परिकारको बास्नामा धेरै फरक हुने मात्र होइन स्वाद नै अलिनो हुन जान्छ । दशैँको मासुमा त झन् गरम मसलाले ठूलो महत्व बोकेको हुन्छ । दशैँका अन्य समान किन्न छोडेर भए पनि गरम मसला किन्नै पर्ने हाम्रो परम्परा छ । दशैँ शहरबाट गाउँ जाँदा पनि सबैभन्दा पहिला हामी गरम मसला नै किन्छौ र बुज्रुकहरूको माग पनि त्यही हुन्छ ।

null

के–के हुन्छ त यसमा ?

बजारमा थरी–थरीका गरम मसला पाइन्छन् । छुट्टाछुट्टै, मिक्समा पाउडर या दानामा सबै खालका किन्न पाइन्छ । गरम मसला दर्जनौं किसिमका हुन्छन् । जिरा, धनिया, सुकाएको अदुवा (सुठो), सुकाएको लसुन, सुकाएको खुर्सानी, मरिच, पिप्ला, सोप, ल्वाङ, सुक्मेल, दालचिनी, अलाइँची, जाबित्री, जाइफल, तेजपात, चक्रफुल, पथ्थर फूललगायत सबै गरम मसला भित्र पर्छन् ।

null 

सुकाएर राखिएका यी गरम मसला बजारमा सहज किन्न त पाइन्छ तर गुणस्तर रोज्न भने अली कठिन हुन्छ । कतिपय गरम मसलाको दानाको सुगन्ध निकालिएको पनि पाइने गरेको छ । तसर्थ दशैंको गरम मसला किन्दा निकै होस् पुर्याउनु पर्ने हुन्छ । गरम मसलाको धुलो किन्नुभन्दा दाना किन्नु उत्तम हुन्छ र यदी आफूले धुलो प्रयोग गर्ने चलन छ भने आफैँले हल्का तताएर पिस्दा राम्रो हुन्छ ।

स्वाद र सुगन्धका लागि प्रयोग गरिने आफैँले बनाएको गरम मसला हावा नछिर्ने डब्बामा बिर्को लगाएर राख्नु पर्छ । गरम मसलाको मिक्स बनाउँदा सबैको मात्रा मिलाउनुपर्ने हुन्छ, नत्र परिकारमा यसको सिधै असर पर्छ र स्वाद भिन्न हुन जान्छ । कुन परिकारमा कुन गरम मसला कति मात्रामा प्रयोग गर्ने भन्ने पनि ज्ञान हुन जरुरी हुन्छ । सबै मासु या सब्जीमा एकै खालको गरम मसला जाँदैन । परिकारअनुसार फरक र मात्रा पनि भिन्न हुन्छ ।

null

सामान्यतया गरम मसला कुनै पिरो खुर्सानीजस्तो त हुँदैन, तर हल्का पिरो, गुलियो र सुगन्धित हुन्छ । यसको काम शरीरमा न्यानो राख्नु मात्र नभएर जिब्रोमा स्वाद दिनु पनि हो । धुलो गरम मसला प्रयोग गर्ने हो भने परिकार पाक्न लागेको समयमा हाल्नु पर्छ । यस्तो अवस्थामा यसको सुगन्ध अझ बढी आउँछ र परिकार झन् ताजगी लाग्छ । यदि, तपाईंले खसीको पक्कु या भुटुवा बनाउँदै हुनुहुन्छ भने शुरूको अवस्थामा गरम मसला नहाल्नुस् । हालेमा एकातिर डढ्ने डर हुन्छ भने अर्कोतर्फ मासुको परिकारको सुगन्धी र ताजापनमा कमी आउँछ । पट–पट गरेर पाक्न लागेपछि निकाल्ने बेलामा हल्का गरम मसलाको पाउडर छरेर राम्ररी चलाएर पस्कनुभयो भने उत्तम रहन्छ ।

(पोषणबारे जानकार तथा सेफसँगको कुराकानीमा आधारित ।)
 

salt training

कमेन्ट गर्नुहोस्