१४ असार २०८३, आइतबार

गजल- फूल फुल्छ शरदमा 

कात्तिक २०, २०७४
गजल- फूल फुल्छ शरदमा 

जता हेरुँ मखमली फूल फुल्छ शरदमा
गैरिखेत बासमती धान झुल्छ शरदमा 

सुसेलेर नाच्दा डाली गतिसङ्गै समीरको
फेरि फेरि फुलमा माहुरी डुल्छ शरदमा ।।

आफ्नै सूरमा प्रकृतिले डाक्छ दशै तिहार
वर्षादपछी निलो आकाश खुल्छ शरदमा 

परदेशीलाई चुले निम्तो घडी मिलनको
धेरै पीडा अनि थोरै खुसी घुल्छ शरदमा ।।

salt training

कमेन्ट गर्नुहोस्