
नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ । सवारी साधनहरूको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।
त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि सिप्रदीले असोजको १४ गतेदेखि कार्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ ।
उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारिक सर्भिस सेन्टरहरूमा एकै साथ संचालन भइरहेको कम्पनीले जनाएको छ ।
उक्त क्याम्पमा सहभागी ग्राहकहरूको गाडीहरूमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफईपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निःशुल्क चेकअप सुविधाहरू रहेका छन् ।
जस्ले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ र यदि मर्मत–सम्भार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म छुट तथा ल्यूब्रिकेन्टमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्री सर्भिस बुकिङ्ग गरी आउने गाडीहरूका लागि निःशुल्क सर्भिसिङ्ग चार्जको साथमा निःशुल्क वासिङ्ग र ग्रिजिङ्ग को सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै हाइवमो ब्रेक डाउन भएमा २४ घण्टा सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहनेछ ।
त्यसको साथै भाग्यशाली ३४ जना ग्राहकहरूलाई स्मार्ट घडी जित्ने अवसर पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।