
जावा येज्दी मोटरसाइकल्सले यो चाडपर्वको अवसरमा आफ्नो उपभोक्ताहरुका लागि “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना ल्याएको छ ।
यस योजना अन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरू मोडलहरू किन्दा हरेक ग्राहकले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामानहरू प्राप्त गर्न सक्नेछन् ।
यसका साथै ३ वर्षको लागि वार्षिक कर निःशुल्क र ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आकर्षक उपहारका साथै ग्राहकहरूले सजिलो फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।