२४ असार २०८३, बुधबार

नेपाल आइडल विजेता बुद्धले कति भोट ल्याए, निशान र प्रतापलाई कति भोट ?

कात्तिक २०, २०७४
नेपाल आइडल विजेता बुद्धले कति भोट ल्याए, निशान र प्रतापलाई कति भोट ?

काठमाडौं, ७ असोज — रियालिटी सो नेपाल आइडलमा सर्वाधिक भोट ल्याएको आधारमा पोखराका बुद्ध लामा विजयी भएका छन् ।nepal-idol-finale1
आइडलको उपाधि विजेता बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरे । गएराती कतारमा भएको ग्राण्ड फिनालेमा अरु दुई प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै उनले आइडलको उपाधि चुमेका हुन् ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट खसेको थियो।
प्रतियोगितामा निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।
सोहि मतका आधारमा निशान फस्ट रनरअप र प्रताप सेकेन्ड रनरअप घोषित भए।

salt training

कमेन्ट गर्नुहोस्