×

NMB BANK
NIC ASIA

‘द डान्स योद्धा’मा भोटिङबीना नै विजेता छानिने

काठमाडाैं | असोज २७, २०८०

NTC
Premier Steels

टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो ।

Muktinath Bank

शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भइरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमिफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भइरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भइसकेको छैन । चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर्स र शोका विजेताले पाउने पुरस्कार राशि घोषणा गरिने प्रोजेक्ट संयोजक मानव शिवाकोटीले बताए । यो रियालिटी शो नेपालमा बनिरहेका अन्य शोभन्दा भिन्न हुनेछ । 


Advertisment
Nabil box
Kumari

यो शोको उद्देश्य नेपालमा रहेका कच्चा र प्रयोग नभएका अर्थात् लुकेका प्रतिभालाई प्रोत्साहन गर्ने रहेको निर्देशक भुजेलले बताए । साथै, अन्य शोहरू भोटिङका कारण निकै विवादित बनेकाले पनि आफूहरूले भोटिङ सिस्टम नै नराखेको बताए । विवादरहित शो बनाउनुका साथै जित्नै प्रतिभाले जितोस् भन्ने आफूहरूको उद्देश्य रहेको दाबी आयोजक संस्थाको छ । 

Vianet communication

यो रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्भीर विष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन् । निर्णायक मण्डलका संयोजक विष्टले पहिलो पटक नेपालमा केही फरक अनि भोटिङ सिस्टम बिना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको बताए । 

अभिनेत्री राउतले आफू नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्विकार गरेको बताइन् । यस्तै, भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन २ का फर्स्ट रनरअप समेत रहेकाले आफूले त्यहाँ सिकेका धेरै कुरा यो शोको निर्णायक हुँदा लागु गर्ने बताए । 

निष्पक्षताको लागि यो शोका निर्णायकले दिने सम्पूर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक समेत गर्नेछ । शोको मापदण्ड विपरीत अत्यधिक र न्यून अंक दिने निर्णायकलाई लाइभ शोमै स्पष्टिकरण सोधिने आयोजक संस्थाले जनाएको छ । साथै प्रतिस्पर्धीलाई गीत छनोटमा अत्याधिक स्वतन्त्रता दिइने बताइएको छ । 

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आकर्षक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ । यो शोमा डिजिटल अडिसन मार्फत एकल, डोयट तथा ग्रुपमा समेत प्रस्तुति दिएर पठाउन सकिनेछ । 

सिने इभेन्ट स्टुडियो प्रालीको ब्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोसन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफै रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x