असोज २५, २०८०
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
काठमाडाैं | असोज ३०, २०८०
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् ।
ह्वावे एफटीटीआर– बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाइफाइ सेवाहरू प्रदान गर्नेछ ।
चाइना मोबाइलको ह्वावेसँग एफटीटीआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै समुन्द्री सतहबाट ५ हजार २०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेसन ब्यूरोमा लग्नुपर्छ ।
कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो । हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ ।
जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाइफाइ सेवाहरूको आनन्द लिन सक्ने छन् ।
यसका अतिरिक्त, एफटीटीआर– बी को स्थापना समुद्री सतहबाट ४ हजार २०० मिटरमाथि नजिकैको शहरको पर्यटक होटलमा राखिएको छ ।
विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो । जसले पाहुनाहरूको इन्टरनेटको पहुँचमा असर गरेको थियो ।
एफटीटीआर– बी स्थापनापछि होटलका ३०० पाहुनारूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् ।
ह्वावे एफटीटीआर– बी उपकरण
एफएटीटी– बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा–गिगाबिट सबै–अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा शुरू गरिएको हो । यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ ।
ह्वावे एफटीटीआर–बी डिभाइसहरूमा लचिलो ट्रिपल–मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाइफाइ कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउँमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउँछ ।
यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ ।
थप रूपमा WeFTTR एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आईटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक–क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ–सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ ।
चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन् ।
२०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर–बी समाधान विस्तार गर्न ह्वावेसँग काम गर्नेछ । यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउँमा जानेक्रममा गिगाबाइट नेटवर्कको आनन्द लिन सक्ने छन ।
एक अग्रणी विश्वव्यापी आईसीटी पूर्वाधार प्रदायकको रूपमा ह्वावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ र धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटीटीआर– बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रुपान्तरण गर्न मद्दत गरेको छ । भविष्यमा, ह्वावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबाइट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्नेछ ।
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरूपम...
नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...
वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्युसमिट क...
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...