२४ असार २०८३, बुधबार
बडादशैँको रौनक

टुँडिखेलमा फूलपाती बढाइँः देवी र दानवको लडाइँदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म [तस्वीरहरू]

राष्ट्रपति र प्रधानमन्त्रीलगायतको उपस्थिति
कात्तिक ४, २०८०
काठमाडौं
टुँडिखेलमा फूलपाती बढाइँः देवी र दानवको लडाइँदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म [तस्वीरहरू]

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिवार अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ ।

null

बडादशैँको सातौँ दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

null 

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो ।

null

नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

null

समारोहमा देवी र दानवबीचको लडाइँलगायतका झाँकी प्रदर्शन गरिएको थियो ।

null 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायतको सहभागिता थियो ।

null

बडादशैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो ।

null

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

null 

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्