×

NMB BANK
NIC ASIA

मन जितिरहेको प्रकाश दूतराजको ‘रिमै...’

मेलिना राईसँगको दोस्रो सहकार्य पनि हिट

काठमाडाैं | कात्तिक १३, २०८०

NTC
Premier Steels

देउरालीमा धजा रिमै
मन उतै नजा, भनेकै मान्दैन
सालैजो...

Muktinath Bank

गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता एवं दर्शकको मन जितिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रकाशले दशैंको छेकोमा सार्वजनिक गरेको यो गीतले युट्युबमा ४० लाख बढी भ्युज पाइसकेको छ । टिकटकमा गीत छ्यापछयाप्ती छ । 

Vianet communication

लोकदोहोरी क्षेत्रमा अलग्गै पहिचान बनाएका प्रकाशले मेलिना राईसँग मिलेर यो गीत गाएका हुन् । ‘जुन माया’पछि उनीहरूको यो दोस्रो सहकार्य हो । 

विशेषगरी गाउँले परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका प्रकाशले ‘रिमै...’गीतको भिडियोमा राउटे समुदायको कथा उठान गरेका छन् । 

गीतका शब्द प्रकाश स्वयंमले कोरेका हुन् । उनकै संगीत रहेको गीतलाई बि.बि. अनुरागीतले एरेन्ज गरेका हुन् । भिडियोमा प्रकाश स्वयम र केपिना गोतामेको अभिनय छ । 

राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । यो समुदायमा कसैको मृत्यु भएमा रितपुर्वक संस्कार गरी केही दिन भित्रमा बसाई सर्ने उनीहरूको परम्परा छ । सोही कथालाई टपक्क टिपेर प्रकाशले यस गीतको भिडियो बनाएका हुन् ।

स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गीतलाई नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा गीतको टिकटक भिडियो शेयर गर्दै उनले दशैँमा सुनेको मीठो गीत भनेका थिए । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन, अनिल के. मानन्धरको छायांकन रहेको गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । 

प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत निकै हिट छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x