१८ असार २०८३, बिहीबार

यस्तो अवस्थामा चालकले लाइसेन्स नबोके पनि हुने

कात्तिक १४, २०८०
काठमाडौं
यस्तो अवस्थामा चालकले लाइसेन्स नबोके पनि हुने

सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्मार्ट गभर्नेन्सको नयाँ यात्रा नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ ।

यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले  मुलुकभरिका  ट्राफिक  कार्यालयलाई  परिपत्र गरिसकेको छ ।अहिले  जाँचका  क्रममा  चालकले  सक्कलै  चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अवस्थामा अहिले ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म जरिबाना तिराउँदै आएको छ ।

नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई  मान्यता  दिने  व्यवस्था  देशव्यापी  रूपमा  कार्यान्वयनमा  आएको  नागरिक  एपको  फेसबुक पृष्ठमा उल्लेख छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्