२९ जेठ २०८३, शुक्रबार

प्रिन्सिपल हत्या प्रकरण: त्रिकोणात्मक प्रेम सम्बन्धले निम्त्याएको अपराध

कात्तिक १४, २०८०
काठमाडौं
प्रिन्सिपल हत्या प्रकरण: त्रिकोणात्मक प्रेम सम्बन्धले निम्त्याएको अपराध

बाराको कलैया उपमहानगरपालिका–६ बाल एकता स्कूलका गुड्डु भनिने प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारणले भएको पाइएको छ । 

भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । हामीले त्यसलाई पुष्टि गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी) ददिराम न्यौपानेले लोकान्तरसँग भने । 

उनका अनुसार प्रहरी अनुसन्धान करीब अन्तिम चरणमा पुगेको छ । आफ्नै नाता पर्ने अर्थात् मनोज र विद्यालयका प्रिन्सिपलसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारण हत्या निम्त्याएको प्रहरीको बुझाइ छ । 

विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला बेलामा विद्यालयमा आइरहन्थे । एकपटक मनोजले विद्यालयमै आएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको ती शिक्षकले लोकान्तरलाई बताए । 

मनोजलाई स्वर्णकारले विद्यालयमा नआउन भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुने भएपछि लेखापालबाट हटाएको ती शिक्षकले बताए । 

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले स्वर्णकारको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेष्टुरेन्टबाट खाजा लिएर फर्कँर्दैँ गर्दा गोली प्रहार भएको थियो । 

स्थानीयका अनुसार पहिलो मोटरसाइकलले गोली प्रहार गर्दा स्वर्णकार जोगिएका थिए । दोस्रो मोटरसाइकलमा रहेका २ जनाले गोली प्रहार गरेका थिए । 

पाखुरामा गोली लागेर लडेका स्वर्णकारलाई मोटरसाइकलबाट झरेर छातीमा गोली प्रहार गरिएको थियो । घाइते उनको अस्पताल लगेपछि मृत्यु भएको थियो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईका अनुसार अहिले ६ जनालाई पक्राउ गरिएको छ । बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । ‘अहिले हामीले घटनामा शंकास्पद देखिएका व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिरहेका छौं,’ डीआईजी भट्टराईले लोकान्तरसँग भने, ‘हामी सबै कुरा अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर बाहिर ल्याउँछौं ।’

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्वर्णकारको स्कूलमा काम गर्ने पूर्व शिक्षिकासहित ६ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार उनले ४ महिना अगाडि पनि हत्या प्रयास गरेको खुलेको जनाएको छ । उनीमाथि गत साउन २८ गते कलैयाको होटमा गोली हानेर हत्या गर्ने प्रयास भएको थियो । तर उनी त्यो बेलामा जोगिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्