०७ असार २०८३, आइतबार

ह्वावे क्लाउडले एआईको साथमा उद्योगलाई पुनःआकार दिने

कात्तिक १४, २०८०
काठमाडौं
ह्वावे क्लाउडले एआईको साथमा उद्योगलाई पुनःआकार दिने

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् ।

आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरेका हुन् ।

एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने उनको विश्वास छ । ‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूत मोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’ उनले भने, ‘पंगु मोडलहरूमा नयाँ आविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं ।’

ह्वावे क्लाउड इकोसिस्टममा ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू सामेल भएका छन् ।

null

यसका साथै १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागि आवेदन दिएका कम्पनीले जनाएको छ ।

एससेन्ड एआई क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउने उनको विश्वास छ ।

उनका अनुसार यसले बहुमुखी पूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउनेछ ।

विशेष गरी यसमा मुख्य धाराका एआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ । 

त्यसैले डेभलपरहरूले आफ्ना अत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरूसहित स्थानान्तरण गर्न सक्छन् ।

कमेन्ट गर्नुहोस्