०९ साउन २०८३, शनिबार

दयाहाङ र मिरूनाको फिल्म ‘कबड्डी ४’ युट्युबमा सार्वजनिक

कात्तिक १५, २०८०
काठमाडौं
दयाहाङ र मिरूनाको फिल्म ‘कबड्डी ४’ युट्युबमा सार्वजनिक

हलमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’ युट्युबमा रिलिज गरिएको छ । 

मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्मसले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो ।

फिल्मले युट्युबमा पनि निकै राम्रो भ्युज पाइरहेको छ । २० घण्टाको अवधिमा फिल्मले ११ लाख बढी भ्युज पाइसकेको छ । 

यो फिल्म हलमा अघिल्लो वर्षको जेठ १३ गतेदेखि प्रदर्शनमा आएको थियो । सफलताका साथ हलमा ५१ औं दिन मनाएको फिल्मले २२ करोड रूपैयाँ बढी कमाइ गरेको थियो । 

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरूना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्