![मुलपानीमा क्रिकेट क्रेज : मैदान भित्रभन्दा बाहिर बढी दर्शक, घरका छतसमेत भरिभराउ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/mulpani3_A5cp5KCVwF.jpg)
आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेल मुलपानी मैदानमा जारी छ । नेपालले टस हारेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको छ । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

क्रिकेट हेर्ने ठूलो संख्यामा दर्शकहरू मुलपानी पुगेका छन् । मैदानमा सीमित दर्शकलाई मात्रै जान दिइएकोले मैदानमा बाहिर पनि उल्लेख्य दर्शकहरू छन् ।
मैदान नजिकैका घरका छतमा समेत ठूलो संख्यामा दर्शकहरू बसेका छन् ।




