२२ असार २०८३, सोमबार

फिल्म ‘दुई कदम’को गीत सार्वजनिक, भिडियोमा रोमान्टिक इओन र सिमोन

कात्तिक १७, २०८०
काठमाडौं
फिल्म ‘दुई कदम’को गीत सार्वजनिक, भिडियोमा रोमान्टिक इओन र सिमोन

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । 

मुस्ताङमा मनोरम दृश्यमा खिचिएको सार्वजनिक गीतमा डेब्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । डिपी खनालको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत छ । 

यो फिल्म आगामी मंसिर २९ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ । 

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । 

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका सम्पादक प्रविन ढकाल हुन् । रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले फिल्मलाई वितरण गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्