२९ जेठ २०८३, शुक्रबार

अस्ट्रेलियामा किन रिसाए गायक सुगम ? दर्शकलाई माइकले हाने

कात्तिक १९, २०८०
काठमाडौं
अस्ट्रेलियामा किन रिसाए गायक सुगम ? दर्शकलाई माइकले हाने

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् ।

आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । 

शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गुमाएकाहरूको लागि मौन धारण नगरेको भन्दै गायक पोखरेलले दर्शकलाई माइकले झटारो हानेका हुन् । 

स्टेज पुगेपछि सुगमले नेपालमा भूकम्पमा परी ज्यान गएकाहरूको लागि मौन धारण गर्न भनेर २ पटकसम्म अनुरोध गरेका छन् । 

मौन धारणमा दर्शकले खासै चासो नदिनु बरु हो-हल्ला गरिरहेपछि सुमगले माइकले हानेको भिडियोमा देखिन्छ । भिडियोमा सुगम असन्तुलित देखिएका छन् ।

टिकटक लगायतका सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सुगमले स्पष्टीकरण समेत दिएका छन् । 

‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ?’ भन्ने प्रश्न गर्दै उनले स्पष्टीकरण भिडियोमा भनेका छन् ‘अहिले भुइँचालोले गर्दा देशलाई दुखिरहेको छ । देशलाई दुख्दा मलाई दुख्छ, म नेपाली कलाकार हुँ । हिजोको कार्यक्रममा मौन धारण गरौँ भन्दा खेरी, तपाई भिडियोमा देख्न सक्नुहुन्छ । यसैले, मेरो त्यस्तो व्यवहार त्यसैको कारणले भएको थियो । कसैको नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु । तर, सधैं नेपाली सङ्गीतको सेवा गर्नेछु ।’ 

सुगम साङ्गीतिक कार्यक्रमको सिलसिलामा केही दिनदेखि अस्ट्रेलियामा छन् ।​

कमेन्ट गर्नुहोस्